विश्व कीर्तिमान रच्दाको खुशी, सन्दीपले ढोगे मैदान {तस्वीरहरु}


८ बैशाख २०८०, शुक्रबार
sandeep 3

काठमाडौं । नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

सन्दीपले एसीसी प्रिमियर कपमा ओमानका आदिल सफिकलाई एलबिडब्लूको धरापमा गर्दै १०० विकेटको कोसेढुंगा पार गरेका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् । १०० विकेट लिएसँगै सन्दीपलाई टिमका अन्य खेलाडीहरूलाई काँधमा बोकेर खुशीयाली मनाएका थिए । १०० विकेट लिएका सन्दीपले दर्शकसामु अभिवादन पनि गरेका थिए । दुर्लभ कीर्तिमान बनाएपछि सन्दीपले क्रिकेट मैदान ढोगेर खुशी साटे ।

त्यसक्रममा उनलाई नेपाली क्रिकेट टोलीका सदस्यहरुले बोकेर हौसला बढाए । यसअघि ओडीआईमा सर्वाधिक छिटो सय विकेट पूरा गर्ने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा थियो । रसिदले ४४ खेलमा सय विकेट लिएका थिए । तस्वीरहरु : क्यान

sandeep
sandeep 1
sandeep 2
sandeep 4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७