कोरोनाबाट थप एकको मृत्यु, ७८ संक्रमित थपिए


९ बैशाख २०८०, शनिबार
FuT0vc6aUAICeOA

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरबाट ११४८ नमुना परीक्षण गर्दा ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२४ र एन्टीजेनबाट ९२४ नमुना परीक्षण गर्दा पीसीआरबाट २० र एन्टिजेनबाट ५८ को रिपोर्ट पोजिटिभ आएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

यो अवधिमा ५० जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८३ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७