१४ जना अग्रज कम्युनिष्ट योद्धालाई एमालेको सम्मान {तस्वीरहरू}


९ बैशाख २०८०, शनिबार
Samman photo 1536x855 1

काठमाडौं । देशको सबैभन्दा ठूलो कम्युनिष्ट घटक नेकपा एमालेले १४ जना अग्रज कम्युनिष्ट योद्धाहरुलाई सम्मान गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रज योद्धाहरुलाई सम्मान गरेका हुन् ।

सम्मानित हुनेहरूमा स्याङ्जाका कृष्ण अधिकारी, चितवनका छबिलाल आचार्य, कैलालीका जीवनकुमार राई, मोरङका टेकबहादुर राई, डोटीका डिल्लीराज भट्ट र काभ्रेपलञ्चोकका दलबहादुर श्रेष्ठ छन् ।

यस्तै सुनसरीका दलु छायाँ, धनुषाका निरसन पासवान, सुर्खेतका बालकृष्ण बीसी र बालाराम शर्मा, बागलुङका मोहनलाल शर्मा, अर्घाखाँचीका लिलामणि ढुंगाना, सिरहाका शिवदयाल विश्वकर्मा र बुटवलका हरि ज्ञवालीलाई पनि एमालेले सम्मान गरेकको छ ।

यस्तै, एमालेले पार्टी स्थापनाको हिरक जयन्ती वर्षभरि नै मनाउने र त्यसका लागि हिरक जयन्तीको लोगो पनि कार्यक्रममार्फत सार्वजनिक गरेको छ ।

1 4
2 3
3 2
4
5
6
7
8
9
10
11
12
13
14
15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७