सेल्टा भिगोमाथि रियलको सहज जित


१० बैशाख २०८०, आईतवार
thumb 8

काठमाडौं । मार्को एसेन्सोले एक गोल गर्दै अर्को गोलको अवसर सिर्जना गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा सेल्टा भिगोलाई २–० ले गोलले सहजै पराजित गरेको छ । रियल शीर्ष स्थानमा रहेको बार्सिलोना भन्दा आठ अंकले पछाडि छ ।

बार्सिलोनाले आइतबार एटलेटिको म्याड्रिडको सामना गर्नेछ । रियलको ३० खेलबाट ६५ अंक रहेको छ । एटलेटिको भने तेस्रो स्थानमा छ र उसको ६० अंक रहेको छ ।

चौथो स्थानका रियल सोसिडाडले शनिबारकै अर्को खेलमा रायो भाल्कानोलाई २–१ ले हरायो । उसको ५४ अंक भएको छ । पाँचौं स्थानमा रहेको रियल बेटिस भने ओसासुनासँग ३–२ ले पराजित रह्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७