राउटे समुदायको व्यवस्थापन गर्न माग


१० बैशाख २०८०, आईतवार
raute

दैलेख । जङ्गलको जडीबुटी र कन्दमुल खाएर जीवन निर्वाह गर्दै आएका राउटे समुदायलाई विभिन्न निकायले दिएको सहयोगले समस्या बढाएकामा चिन्ता व्यक्त गरिएको छ ।

तीनै तहको सरकारले राउटे समुदायको उचित व्यवस्थानमा उच्च प्राथकिता दिन आग्रह समेत गरिएको छ । नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले भने, ‘राउटे समुदायको इतिहासलाई ख्याल गर्दै उनीहरूको वास्तविक समस्या पहिचान गर्नुपर्छ । सरकारले टोली परिचालन गरेर उनीहरूलाई आवश्यक पर्ने कुरा जिन्सी सामान प्रदान गर्नुपर्छ । नगद कारोबार बन्द गर्नुपर्छ । तीनै तहका सरकारले यो विषयमा गम्भीर हुनु पर्दछ ।’

दैलेख उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष राजु श्रेष्ठले मदिरा सेवनका कारण राउटे समुदायको अवस्था दयनीय बन्दै गएको बताए । उनले भने, ‘सरकारले पौष्टिक आहार प्रवद्र्धनसँगै उनीहरूले उत्पादन गर्ने सामग्रीको प्रभावकारी बजारीकरणमा विशेष ध्यान दिनुपर्छ ।’

सुशासनकर्मी युवराज शाहीले राउटे समुदायलाई कुलतबाट जोगाउन सबैले ध्यान दिनुपर्नेमा जोठ दिए । उनीहरुलाई विस्तारै–विस्तारै आत्मनिर्भर अभियानमा जोड्न उनले सुझाव दिए । स्थानीय पदम थापाले राउटे समुदायलाई उत्पादनमा जोड्दै जुन स्थानमा जान्छन् सोही स्थानमा पुगेर उनीहरूलाई नगद प्रवाहको विकल्पमा आवश्यक लत्ताकपडा, खाद्यान्न, औषधिलगायतका वस्तुको सहज उपलब्ध गराउनु पर्ने बताए । उनले भने, ‘तीनै तहका सरकारले विशेष निगरानी गर्ने टोली परिचालन गर्नुपर्छ । नत्र राउटेको अस्तित्व सङ्कटमा पर्न सक्छ ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७