इन्जिनमा आगलागी भएको फ्लाइ दुबईको जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास जारी


११ बैशाख २०८०, सोमबार
flydubai

काठमाडौं : काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरणको लागि प्रयास जारी राखिएको छ ।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा आगो देखिएपछि अवतरण गराउन लागिएको हो।

सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजको इन्जिनमा आगो देखिएपछि अवतरण गराउन लागिएको हो। त्रिभुवन विमानस्थल नजिकको जहाजमा असामान्य आवाज समेत आएको विमानस्थल स्रोतले जनाएको छ ।


जहाजलाई आकस्मिक अवतरण गराउने प्रयास भइरहेको विमानस्थलका प्रमुख प्रकाशबाबु तिवारीले बताए । विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षा दस्ता स्ट्यान्डबाइ राखिएको छ । जहाजमा १२० विदेशी र ४९ जना नेपाली यात्रु छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७