बारा–२ मा ३७,२६३ मत गन्दा उपेन्द्रले पाए १५,९८०, कुशवाह ४,७८२ मतले पछि


१२ बैशाख २०८०, मंगलवार
Upendra Yadav Sibachandra Kushbaha1680513391

बारा । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर–२ मा मतगणना जारी छ । अहिलेसम्म ३७ हजार २६३ मत गनिएको छ ।

त्यसमध्ये जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले १५ हजार ९८० मत पाएका छन् । दोस्रो स्थानमा रहेका जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ११ हजार १९८ मत ल्याएका छन् । यादव चार हजार ७८२ मतान्तरले अगाडि छन् ।

यस्तै, नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले पाँच हजार १४१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रमेश खरेलले दुई हजार १२८ मत पाएका छन् । पौडेल र खरेल क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यहाँ ३४ उमेदवार प्रतिस्पर्धामा छन् ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा यहाँबाट जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी उपराष्ट्रपति बनेपछि रिक्त रहेको स्थानका लागि गएको आइतबार मतदान भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७