रियलविरुद्ध जिरोनको चार गोल, सबै गोल कास्टेलानोस एक्लैले गरे


१३ बैशाख २०८०, बुधबार
real

काठमाडौं । भ्यालेन्टिन कास्टेलानोस एक्लैले गरेको चार गोल मद्दतले जिरोनले मंगलबार स्पेनी ला लिगामा रियल म्याड्रिडमाथि ४–२ को दुर्लभ जित हात पारेको छ । कास्टेलानोस न्युयोर्क सिटीबाट ऋणमा जिरोन आएका खेलाडी हुन् ।

उनी ७५ वर्षयता रियलविरुद्ध चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यो हारपछि बार्सिलोनाले उपाधि जित्ने सम्भावना अझ नजिक भएको छ । रियल शीर्षमा रहेको बार्सिलोनासँग ११ अंकले पछाडि छ ।

अन्य खेलमा ओसासुनाले काडिजलाई १–० ले हरायो भने रियल बेटिस र रियल सोसिडाडले गोलरहित बराबरी खेले । सोसिडाड ५५ अंकमा चौथो स्थानमा छ भने बेटिस ठीक उसको पछाडि ४९ अंकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७