एसीसी प्रिमियर कप : यूएईलाई बहराइनले दियो ११६ रनको लक्ष्य


१३ बैशाख २०८०, बुधबार
game flmsyoJ4Do

काठमाडौं । आयान खानको चार विकेटप्रेरित यूएईले एसीसी मेन्स प्रिमियर कपमा बुधबार बहराइनलाई ११६ रनमा सीमित गरेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको बहराइनले ४०.५ ओभरमा सबै विकेट गुमाएर एक सय १६ रन मात्रै बनाउन सक्यो ।

यूएईको कसिलो बलिङसामू निरीह बनेको बहराइनका लागि कप्तान हैदर बट र अली दाउदले २३–२३ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यूएईका लागि १० ओभरमा आयानले सात मेडनसहित ६ रन मात्रै खर्चिदा शानदार चार विकेट लिए । यस्तै, रोहन मुस्तफा र कार्तिक मेइयाप्पनले समान दुई–दुई तथा जहुर खानले एक विकेट लिए । आजको खेलमा जित निकाले यूएईले समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाउने निश्चित छ । दश टिम सहभागी प्रतियोगिताको दुई समूहबाट शीर्ष दुई टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७