कोरोनाबाट थप एकको मृत्यु, ८२ संक्रमित थपिए


१३ बैशाख २०८०, बुधबार
korona 1

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित थपिएका छन् । १६३४ नमूना परीक्षण गरिएकोमा ८२ नमूनाको रिपोर्ट पोजेटिभ आएको हो ।

आज ६५ जना कोरोनामुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या ९ लाख ९० हजार ४०२ पुगेको हो । हाल सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ८८ हजार ६४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७