एसीसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा आज नेपाल कतारसँग भिड्दै


१४ बैशाख २०८०, बिहीबार
nepali cricket team 1
फाइल फोटो

काठमाडौं । एसीसी प्रिमियर कपमा समूह ‘ए’ मा अपराजित नेपाली टिम आज (बिहीबारल) कतारसँग भिड्दै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान नौ बजेदेखि सुरु हुनेछ ।

समूह ‘ए’ बाट आफ्नो अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको नेपाल आजको खेलमा विजयी भए समूह विजेता बन्ने छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाबीचको तेस्रो खेल भने वर्षाका कारण रद्द भएको थियो ।

FuqCbpVaUAAfTft

यता यसअघिका तीन वटै खेलमा हार बेहोरेको कतारका लागि भने योे प्रतिष्ठाको खेल मात्र हुनेछ । कतार पहिलो खेलमा ओमानसँग ४० रनले, दोस्रो खेलमा साउदी अरेबियासँग सात विकेटले र तेस्रो खेलमा मलेसियासँग तीन विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा आजै समूह ‘बी’को अन्तिम खेलमा हङकङले कुवेतविरुद्ध खेल्दै छ । यो खेलमा जित निकाल्ने टिम समूह ‘बी’बाट सेमिफाइन प्रवेश गर्ने दोस्रो टिम बन्नेछ । यो समूहबाट युनाइटेड अरब इमिरेट्स (यूएई)ले यसअघि नै सेमिफाइनलको टिकट काटिसकेको छ ।

मुलपानी क्रिकेट रंगशालामा हुने हङकङ र कुवेतबीचको खेल पनि बिहान नौ बजेदेखि सुरु हुनेछ । यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कूल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपालसँगै ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । समूह ‘बी’ मा, हङकङ, कुवेत, यूएई, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७