कोरोनाबाट थप एकको मृत्यु, १११ संक्रमित थपिए


१४ बैशाख २०८०, बिहीबार
Futr4QFakAIygyI

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ ।

आज देशभर १११ जना कोरोना संक्रमित थपिएका छन् । दुई हजार ५१७ वटा नमुना परीक्षण गर्दा १११ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आज ६० जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३७८ पुगेको छ ।

आजसम्म १८ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये छ जना आईसीयू र एक जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७