पूर्वराजालाई ओलीको चेतावनी : बढ्ता फुरफुर नगर, हिसाब–किताब गर्न नपरोस्


१४ बैशाख २०८०, बिहीबार
Kp ilam

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै धेरै फुरफुर नगर्न चेतावनी दिएका छन् । उनले एमाले सहनशिल भएर पूर्वराजासँग धेरै हिसाब किताब नगरेको भन्दै छोरी–बुहारी अगाडि सारेर फुरफुर गरे हिसाब–किताब गर्ने चेतावनी दिए ।

झापामा आफूमाथि आक्रमण हुँदा हिमानी शाहले जनताले ढुंगा हानेको भनेर ट्वीट गरेको ओलीले दाबी गरे । इलाममा बिहीबार आयोजित कार्यक्रममा ओलीले आक्रोश पोख्दै भने, ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुंगा हानेको देखिन् । ट्वीट गरिगरिकन जनताले केपी ओलीलाई ढुंगा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बढ्ता फरफुर नगर । बढ्ता फुरफुर गर्ने होइन । हामीले हिसाब कितान नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौं । अनेक हिसाबकिताव गरेका छौनौँ । हिसाव किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’

ओलीले यस्तो दाबी गरे पनि हिमानीको नामको ट्वीटर फेक भएको उनको सचिवालयले बताउँदै आएको छ । ओलीले प्रदेश–१ को नाम कोशी नामकरण हुनु सही भएको पनि जिकिर गरे । सबैको साझा होस् भनेर कोशी प्रदेश नामकरण गरिएको उनको भनाइ थियो । तर यही विषयलाई उचालेर आफूमाथि आक्रामण प्रयास हुनु अराजनीतिक, उद्दण्ड र आतंकको नमुना भएको ओलीले टिप्पणी गरे । एमालेले कारबाही गरेका दुर्गा प्रसाईंतर्फ संकेत गर्दै ओलीले ट्याउट्याउ गर्दै कुद्ने एक–दुई जना मान्छे भेटाएको भरमा पखेटा पलाउनु ठीक नहुने चेतावनी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७