बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा


१४ बैशाख २०८०, बिहीबार
niru zJiiO287ea

काठमाडौं । ललितपुरमा बस्दै आएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता छिन् । उनको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्त समेत गुहारियो । तर हालसम्म उनलाई पत्ता लगाउन सकिएको छैन ।

ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ इमाडोलमा श्रीमान चेतमणि सुवेदीसँग बस्दै आएृसरण्की निरु बेपत्ता भएकी हुन् । उनको साथमा पाँच वर्षीय छोरा चेन्ज सुवेदी समेत रहेका छन् । दुवै जना हाल परिवारको सम्पर्कमा छैनन् । इमाडोल टेम्पोपार्क नजिकै रहेको आफ्नै मिनीमार्टमा दिनभर काम गरेकी उनी साँझदेखि हराएको बताइएको छ । व्यापारबाट घरगुजारा चलेकै थियो । मिनीमार्टमा अरु स्टाफ पनि भएकाले पसलसँगै निरु इमाडोलको कृष्ण मन्दिर नजिकै डेरामा छोराको हेरचाह गर्दै बस्दै आएको पारिवारजनले जानकारी दिएका छन् ।

पाँच वर्ष कोरिया बसेर फर्किएपछि घरजम गरेकी निरु छोरासहित बेपत्ता भएपछि परिवारमा आपत्ति निम्तिएको छ । चैत २२ गते नजिकै साथीको घरमा बास बसेकी उनी २३ गतेदेखि सम्पर्क नभएको परिवारबाट जानकारी प्राप्त भएको छ । निरु हराएपछि निरुका बुबा ६७ वर्षीय नारायण ढकाल इलामको माइजोगमाईबाट काठमाडौँ आइपुगेका छन् । ढकाल यतिबेला आफ्नी साइँली छोरी निरु र नातिको खोजीमा उपत्यकाका सडक र गल्लीमा भौँतारिरहेका छन् । प्रहरी प्रशासन, आफन्त, चिनजानमा रहेका व्यक्तिसँग छोरी खोजी गरिदिन हारगुहार गरिरहेको उनले बताए ।

इलामको देउमाई नगरपालिका–६ स्थायी घर र इलामकै माइजोगमाई–६ माइत भएकी निरुको सीमित साथी र केही आफन्त बाहेक धेरैसँग सम्पर्क नभएको बुझिएको छ । दुई वर्षदेखि मोबाइल बोक्न नदिएको भन्ने बुबाले भर्खरै थाहा पाएका रहेछन् । मोबाइल नभएपछि सामाजिक सञ्जाल चलाउने कुरै भएन । ज्वाइँसँग राम्रैसँग घर गरी खाएको भन्ने जानकारी भएपछि माइती पक्षले खासै चासो राखेको थिएन । घरजम गरेकी छोरीलाई धेरै सोधीखोजी नगरिएको बुबा ढकालको भनाइ छ ।

‘बेपत्ता भएको खबरले मन पोलिरहेको छ, काठमाडौँ, भक्तपुर, ललितपुरका धेरै ठाउँमा पुगिसकेँ, केही पत्तो लागेको छैन’, उनले भने । मन्दिर, आश्रम, सडक गल्ली सबैतिर पुगिसकेको भए पनि कुनै खबर प्राप्त नभएको बुबा बताउँछन् । प्रहरी, आफन्त, साथीसङ्गत सबै बुझिसकेको भए पनि बजारको भीडभाडमा छोरी कतै फेला नपरेपछि उनी निराश छन् ।

छोरी र नाति बेपत्ता भएपछि ज्वाइँको बोली र व्यवहारप्रति शङ्का लागेको ढकालको भनाइ छ । उनले ज्वाइँले पटक–पटक बोली फेर्ने गरेको दुःखेसो व्यक्त गरे । छोरीसँगको सम्बन्धमा खटपट भएको आशङ्का आफूले गरेको बुबाको भनाइ छ । बेपत्ता निरुका भाइ सञ्जीव ढकाल समेत काठमाडौंमै छन् । उनले दिदी चैत २३ गते साथीकोमा जान्छु भनी निस्किएको पछि मात्र आफूले जानकारी पाएको बतए । मोबाइल पनि नबोकेका कारण फोन गर्ने कुरै भएन । एकसरो मात्र कपडा लगाएर हिँडेकी दिदीको प्रतीक्षामा माइती पक्ष तथा परिवार रहेको उनले बताए ।

बेपत्ताको खोजीका लागि परिवारले नेपाल प्रहरी वृत्त सातदोबाटो र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा पनि निवेदन दिइसकेको छ । सिआइबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गा दाहालले बेपत्ता भएका व्यक्तिको सम्भावित स्थानमा खोजी भइरहेको बताएका छन् । परिवारका सदस्यहरूले निज महिलालाई खोजी गरिदिन अनुरोध गर्दै फोन नं पनि उपलब्ध गराएको छ । आफन्त तथा परिवारलाई मोबाइल नम्बर ९८४९४८५२९०, ९८२४००३७७५, ९८४२७०१८६२, ९८२३७८९६६७ मा सम्पर्क गरिदिन परिवारको अनुरोध छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७