माइतीघरमा महावीरको धर्ना शुरु


१५ बैशाख २०८०, शुक्रबार
mahabir pun 1 1

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन तथा धर्ना कार्यक्रम शुरु भएको छ । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप शुक्रबारबाट धर्ना सुरु गरेका हुन् ।

माइतीघर मण्डलास्थित बानेश्वर जाने सर्भिसलेनलाई बन्द गरेर धर्ना कार्यक्रम भइरहेको छ । धर्नामा ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारको निति दे’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’, ‘नव उद्यमीहरुलाइ हतोत्साही नगर’, ‘सूचना प्रविधि विधेयक खारेज गर’ जस्ता प्लेकार्ड बोकिएको छ । ‘हाम्रा माग पूरा नभएसम्म हामीहरू निरन्तर धर्नामा बस्ने छौं, हाम्रो धर्ना राति पनि जारी रहनेछ’, महावीर पुनले भने ।

pun

धर्ना सुरु गर्नुअघि पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको बताए । त्यो कोष सन्चालन गरी अनुसन्धान गर्नेहरुलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने मागसमेत उनले राखेका छन् ।

आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जानकारी समेत गराएका थिए । त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरमा राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेका पुनलाई सरकारले हाल वीरगञ्जको कृषि औजार कारखाना प्रयोग गर्न दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७