प्रधानमन्त्रीसँग भेट नभई संसद अधिवेशन सकिने भयो, दुःख लागेको छ : ठाकुर गैर


१५ बैशाख २०८०, शुक्रबार
Thakur Gaire1681291902

काठमाडौं । नेकपा एमालेका सांसद ठाकुरे गैरेले सरकारले प्रदेश र स्थानीय तहको बजेट कटौती गरेको भन्दै आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गैरेले योजना सम्पन्न गर्ने समयमा सरकारले ५० प्रतिशत बजेट कटौती गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘हिजो अर्थमन्त्रालयले महालेखा परीक्षकको कार्यालयलाई पठाएको पत्रमा स्थानीय सरकार र प्रदेश सरकारले सञ्चालन गरेका खानेपानी,सिचाइँ, सडक अरू जनताको जीवनसँग प्रत्यक्ष जोडिएका कामका विषयमा ५० प्रतिशत बजेट कटौती गरेको पत्र पठाएको कुरा सुन्यौं,’ उनले भने,‘जनताले योजना सम्पन्न गर्दैगर्दा अब ती योजना बन्द गर्नुपर्ने के अवस्था आइलाग्यो सरकार ?’

उनले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमाथि पनि प्रश्न उठाएन । उनले भने, ‘यो हिउँदे अधिवेशन आज अन्तिम हुँदैछ भन्ने खबर सुनेका छौं । यो अधिवेशन प्रधानमन्त्रीसँग भेट भएर सकिने हो कि नभइ सकिने हो ?’
सांसद गैरेले सांसदमा उठेका प्रश्नको जवाफ नआएको भन्दै आपत्ति जनाए । उनले भने, ‘सांसदमा उठेका प्रश्नको जवाफ आउँदैन । यस देशको संसदले प्रश्नको जवाफ पाउने हो कि नपाउने हो प्रश्न उठिराखेका छन् । उनले सरकारबाट गैरजिम्मेवारी काम भएको भन्दै यसको जवाफ संसदले पाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७