माइतीघरको सडकमै सुते महावीर : माग पुरा नभएसम्म धर्ना नरोक्ने


१६ बैशाख २०८०, शनिबार
mahabir pun j1RaaIYLDB
तस्वीर : पुनको फेसबुकबाट

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुनले आफ्नो माग पूरा नभएसम्म माइतीघरमा धर्ना जारी रहने बताएका छन् । हिजो (शुक्रबार) देखि धर्ना थालेका उनले माइतीघर चोकको सडकमै रात बिताएका छन् ।

गए राति आफू धर्नास्थलमै सुतेको र आफूलाई १५-२० जना साथीहरुले साथ दिएको उनले बताएका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनु पर्ने लगायतका आफ्नो माग पूरा नभएसम्म धर्ना कायम रहने उनको भनाइ छ । उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष बनाउनुपर्ने तथा अर्थतन्त्र सुधार गरी युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्ने माग गरेका छन् ।

देशका प्रतिभाशाली विद्यार्थी तथा भावी सन्ततिका लागि आफूले आन्दोलन गर्नुपरेको उनले बताएका छन् । आविष्कार तथा नयाँ प्रवर्द्धनको काम गर्न नसके देशको अर्थतन्त्र सुधार गर्न नसकिने र अर्थतन्त्र सुधार नभएसम्म नेपाली युवालाई विदेश पलायन हुनबाट रोक्न नसकिने उनको भनाइ छ ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउन तथा विकास बजेटको कम्तीमा एक प्रतिशत यस क्षेत्रमा छुट्याउन उनको माग छ । माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन हिजोदेखि माइतीघरमा धर्ना सुरु गरेका वैज्ञानिक महावीर पुनलाई युवाहरुले साथ दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७