बर्षाले रोकिएको नेपाल र कुवेतबीचको खेल सुरु, ४२ ओभरमा छोट्याइयो


१६ बैशाख २०८०, शनिबार
cric1 W6y0vPT4wE scaled

काठमाडौ । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पुनः सुरु भएको छ । पानी परेर केहिबेर अवरुद्ध खेल फेरि सुरु भएको हो । अब दुवै टोलीले ४२÷४२ ओभरको खेल खेल्ने छन् ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २३ दशमलव २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । नेपालका कुशल भुर्तेल ४३ रन बनाएर आउट भए ।

आसिफ शेख ३१ तथा भीम शार्कीले १ रन जोडे । अहिले रोहित पौडेल र कुशल मल्ल अविजित छन् । पौडेल ३० रन तथा मल्ल ३२ रन बनाएर खेलिरहेको अवस्थामा पानी परेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७