महावीर पुनसँग सरकारले थाल्यो वार्ता


१७ बैशाख २०८०, आईतवार
mahabir

काठमाडौं । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनसँग वार्ता प्रक्रिया अगाडि बढाएको छ । उनीसँग अहिले कानुन मन्त्रालय समेत सम्हाल्दै आएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का वार्ता गरिरहेका छन् ।

रक्षा मन्त्रालयमा केहीबेर अघिबाट सुरु भएको वार्तामा सरकारका मुख्यसचिव शंकरदास बैरागी पनि सहभागी छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा बसेपछि उनीसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आइतबारमात्रै पुनसँग अविलम्ब संवाद गर्न सरकारलाई आग्रह गरेका थिए ।

‘आविस्कार केन्द्र स्थापना गरेर राष्ट्रका लागि महत्वपूर्ण योगदान गरिरहनु भएका व्यक्तित्वको कदर गर्दै सम्माननीय प्रधानमन्त्रीलाई उहाँका मागहरू सम्बोधन गर्न तत्काल आवश्यक पहलकदमीका लागि आग्रह गर्दछु,’ शर्माले ट्विटरमा लेखेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७