महावीर पुनको माग भोलिसम्ममा पुरा गर्ने सरकारको प्रतिबद्धता


१७ बैशाख २०८०, आईतवार
mahabir purna ZhSEMeQFeP

काठमाडौँ । सरकारले राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग भोलि (सोमबार) सम्ममा पुरा गर्ने प्रतिबद्धता जनाएको छ । आज (आइतबार) सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको जानकारी दिए ।

‘प्रधानमन्त्री ज्यूको निर्देशनअनुसार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का ज्यूको अफिसमा हामीलाई बोलाउनु भयो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नु भयो’, पुनले सुनाए, ‘अहिले हामीले आज बेलुका पाँच बजेभित्रमा दुबै पक्षको एउटा टोली गठन गरेर सकेसम्म आज रातारात गर्ने नभए भोलिसम्ममा यो समस्या समाधान गर्ने भनेर निर्णय भएको छ ।’ उनले छलफल अत्यन्त सकारात्मक भएकाले नतिजा निस्कनेमा विश्वास व्यक्त गरे ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए । अन्दोलनमा समर्थन जुट्दै गएपछि पुनसँग वार्ता गर्न सरकारलाई चौतर्फी दबाब परेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७