वीर अस्पतालको छतको पर्खाल भत्किँदा इँटाले लागेर तीन जना घाइते


१७ बैशाख २०८०, आईतवार
343292847 1167754823907261 5558230534228852853 n1682849992

काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएर खसेको इँटाले लागेर तीन जना घाइते भएका छन् । दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारणलाई लागेको हो ।

माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वधारणमाथि खसेको थियो । ती इँटाले लागेर तीन जना घाइते भएका हुन् ।
उनीहरुलाई तत्कालै उद्दार गरेर उपचारका लागि भर्ना गरिएको छ । तर घाइते सबै जनाको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७