नेपाल र यूएईबीचको फाइनल खेल बर्षाले रोकियो


१८ बैशाख २०८०, सोमबार
pal

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल वर्षाका कारण अवरुद्ध बनेको छ । टस हारेर ब्याटिङ गरिरहेको यूएईले १६ ओभरमा ५ विकेट गुमाएपछि खेल रोकिएको हो। यूएईले ६० रन बनाएको छ ।

नेपालका लागि करण केसीले दुई तथा सोमपाल कामी, ललित राजवंशी र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन् । यूएईका कप्तान मोहम्मद वासिम, आर्यान लाक्रा, वृत्या अरविन्द, रामिज सहजाद र रोहन मुस्तफा १५ भन्दा कम रनमा आउट भएका छन् ।

नेपाली टिममा आज एक परिवर्तन भएको छ । प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन् । शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो । समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७