परिवर्तन र न्यायका लागि महिला पत्रकारहरूको साइकल यात्रा


१८ बैशाख २०८०, सोमबार
cycle

हेटौंडा । महिला पत्रकारहरूको टोली मेची–महाकाली साइकल यात्रामा निस्किएको छ । यात्राका लागि सो टोली हेटौँडा हुँदै पूर्वतिर अगाडि बढेको हो ।

पत्रकार सुनिता बुढाथोकीको नेतृत्वमा अग्रज फोटो पत्रकार उषा टिटिक्सुसहितको टोली सामाजिक रुपान्तरणका लागि भन्दै यात्रामा लागेको हो । न्याय, समानता र आत्मसम्मानका लागि यात्रामा शुरु गरेको सहभागीले बताएका छन् । पत्रकार बुढाथोकीले चेतनामूलक सन्देश प्रवाहका लागि साइकल यात्रा तय गरिएको बताइन् । साहसी काम मानिने साइकल यात्रासहित महिलाहरूले चेतना फैलाउन सक्छन् भन्ने सन्देश प्रवाह गर्नका लागि पनि यात्रा थालिएको उनले जानकारी दिइन् ।

त्यसैगरी, अग्रज पत्रकार टिटिक्सुले सामाजिक रुपान्तरणसँगै सडकमा जनपहुँच, साइकलबारे जनचेतना सहितको सन्देश प्रवाहका लागि आफू चितवनबाट यात्रामा जोडिएको उल्लेख गरिन् । उमेरले पाँच दशक पार गरिसकेकी उनले लिङ्ग र उमेरले यात्रालाई अवरोध नगर्ने समेत सन्देश दिएकी छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७