वरिष्ठ गायिका लोचन भट्टराईको उपस्थितिमा ‘सरु संगीत घर’ को वार्षिकोत्सव


१९ बैशाख २०८०, मंगलवार
Lochan bhattarai

काठमाडौं । काठमाडौंको महालक्ष्मी–५ टीकाथलीस्थित ‘सरु संगीत घर’ ले विविधि साँस्कृतिका कार्यक्रमसहित आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।

342786105 1184069385636946 7838956327471567696 n

वरिष्ठ गायिका लोचना भट्टराईको उपस्थितिमा आयोजित वार्षिकोत्सव कार्यक्रममा अतिथि, विद्यार्थीले गीत–संगीत र नृत्यसहितका २८ वटा प्रस्तुती दिएका थिए । गीत र नृत्य प्रस्तुत गर्ने बालबालिकालाई प्रमुख अतिथि गायिका लोचन भट्टराईले प्रमाणपत्र प्रदान गरेकी थिइन् । गायिका भट्टराईले ‘सरु संगीत घर’ ले भविष्यका राम्रा गायक–गायिका र संगीतकार उत्पादन गर्ने काम गरिरहेको बताइन् ।

342860474 766813534817243 4072586780288759690 n

उनले संगीत घरले आयोजना गरेको यस्ता कार्यक्रमले विद्यार्थीहरुमा हौसला बढाउने बताइन् । उनले आफू अहिले पनि संगीत सिकिरहेको र सिक्ने कुरा कहिल्यै नसकिने भन्दै ‘सरु संगीत घर’ का माध्यमबाट गायन र वाद्यवादनमा आफूलाई अब्बल बनाउँदै लैजान विद्यार्थीहरुलाई हौसला दिइन् ।

343327903 1914950895537187 6866742901059123795 n

गायिका भट्टराईले संगीतकार डेनी निरौलाले सञ्चालन गरिरहेको ‘सरु संगीत घर’ स्वर्गीय आमाको नाममा रहेको जानकारी पाउँदा खुशी लागेको बताइन् । उनले ‘सरु संगीत घर’ ले निरौलाको आमालाई समेत सँधै सम्झाइ रहने बताइन् । कार्यक्रममा गायिका भट्टराईले ‘टाढा–टाढा नभई जाउ तिमी’, ‘उ त गयो माया मारेर’ बोलका चर्चित गीत गाएकी थिइन् ।

343456975 1435570693863284 6786637578678738752 n

कार्यक्रममा महालक्ष्मी–५ का वडाध्यक्ष कपिल केसी, गृह मन्त्रालयका उपसचिव डोरेन्द्र निरौला, शिक्षासेवी विष्णुकुमार निरौला, पत्रकार वासुदेव पौडेललगायतको उपस्थिति थियो । डेनी निरौला लामो समयदेखि सुगम संगीतको क्षेत्रमा क्रियाशिल छन् । उनले विभिन्न विधाका दर्जनौं गीतमा संगीत दिइसकेका छन् । यस्तै उनले आफैले पनि धेरै गीत गाइसकेका छन् । उनको संगीत सिर्जनामा रामकृष्ण ढकालदेखि अहिलेका नयाँपुस्ताका गायक–गायिकाले गीतहरु गाइसकेका छन् ।

343346616 817643822556753 6863676399634904041 n

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७