म्यानचेस्टर सिटीको जितमा हालाण्डको कीर्तिमानी


२१ बैशाख २०८०, बिहीबार
halanda

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । गए राति भएको खेलमा वेस्ट ह्याम युनाइटेडलाई ३–० गोलले हराएको सिटी आर्सनललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितमा एर्लिङ हालाण्ड, नाथन एके र फिल फोडेनले गोल गरे । हालाण्डले प्रिमियर लिगको एकै सिजनमा सर्वाधिक ३५ गोल गर्दै कीर्तिमान बनाएका छन् । उनले ३३औं खेलमा यो कीर्तिमान बनाएका हुन् ।

जितसँगै सिटीले ३३ खेलमा २५ जितसहित ७९ अङ्क जोडेको छ । आर्सनलको ३४ खेलमा २४ जितसहित ७८ अङ्क छ । अर्को खेलमा लिभरपुलले फुलह्यामलाई १–० गोलले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७