कोरोनाबाट थप एक जनाको मृत्यु, ४३ संक्रमित थपिए


२१ बैशाख २०८०, बिहीबार
FvR1i RaQAA2m5T

काठमाडौं । कोरोनाबाट नेपालमा थप एक जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ३१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३०१ जनामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको छ । यस अवधिमा ५० जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा २०२ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७