थप ७६ जनामा कोरोना संक्रमण, १३७ सक्रिय संक्रमित


२३ बैशाख २०८०, शनिबार
Fvb6KipaYAEQ9 i

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ५५ जनाको पीसीआर र १ हजार ५४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त अवधिमा २६ जना उपचारपछि निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ९० हजार ९१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर १३७ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७