७४ वर्षे वृद्ध वली जसले एक्लै २ वर्षसम्म निरन्तर बाटो खनिरहे (भिडियो)
काठमाडौं, २० बैसाख: चन्द्रवीर वलीको घर जङ्गलको बीचमा छ । ७२ वर्षको उमेरमा चन्द्रवीरले एउटा अनौठो सपना देखे । जसको ११ जनाको परिवारमा ९ जनाले आँखा देख्दैनन् । गाउँ शहर र उकाली ओराली गर्न भीरका बुट्यानहरु समाउँदै हिंड्नु पर्ने बाध्यतालाई पार लगाउन सँधै दुःख दिने भीरहरू भत्काउँदै आँगनसम्म पुग्ने एउटा बाटो खन्न शुरु गरे ।
बिहान जुरुक्कै उठ्यो, भात भान्सा तयार गर्यो, परिवारलाई खुवायो, सरसफाइ गर्यो अनि बाटो खन्न हिंड्यो । पुस माघको मुटु कपाउने जाडो काट्यो उनले बाटो खनिरहे । बैशाख जेठको मध्य घाममा पसिना पुछि रहे र बाटो खनिरहे । असार साउनको झरीमा रुझी रहे र बाटो खनिरहे । आँखा नदेख्ने परिवारलाई हिंडडुल गर्न सजिलो होस् भनेर जङ्गल र भीर छिचोल्दै २ वर्ष लगाएर चन्द्रबीर एक्लै बाटो खनिरहे ।
हेर्नुस् उनको कथा