बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल


३१ बैशाख २०८०, आईतवार
prachanda deuba oli 1 mdGtFkI1iE

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी ओलीबीच समसामयिक विषयमा छलफल जारी रहेको छ ।

prachanda deuba oli bnChqvn806

प्रधानमन्त्री निवास (बालुवाटार) मा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष ओलीले छलफल गरिरहेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक पटक छलफल र भेटघाट हुँदै आएको छ । तर भेटमा छलफल भएका विषय सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७