नेपाली सेनाको टोलीद्वारा सगरमाथा आरोहण


२ जेष्ठ २०८०, मंगलवार
bishnubal rai

काठमाडौं । नेपाली सेनाको टोलीले सोमबार सगरमाथा शिखर आरोहण गरेको छ।

सफा हिमाल अभियानमा खटिएका नेपाली सेनाका कर्णेल किशोर अधिकारीको नेतृत्वमा कप्तानहरु दिपेन्द्रसिं खत्री, विष्णुबल राई र दुई जवानहरु किशोर जवेगु, शंकर कुँवरले सगरमाथा आरोहण गरेका हुन् ।

पिक प्रमोसन प्रालिका निर्देशक आङबाबु शेर्पाको अनुसार उनीहरुले बिहान १० बजेर ५ मिनेटमा शिखर सफल आरोहण गरेका हुन्।

सेनाको टोलीसित माउन्टेन गाइडहरु रुपमा भोजपुरका वोङछु शेर्पा, संखुवासभाका फुर्वा शेर्पा, फुर्वादोर्ची शेर्पा, लाक्पा शेर्पाले पनि सफल आरोहण गरेका छन्।

सगरमाथा,अन्नपूर्ण, वरुन्त्चे र ल्होत्से गरि चार हिमाल सफाइ अभियान जारी छ। सेनाको टोली मंगलबार ल्होत्से आरोहणको तयारीमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७