पञ्जाबलाई पराजितत गर्दै दिल्ली विजयी


४ जेष्ठ २०८०, बिहीबार
ipl 1

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्सलाई १५ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पञ्जाबलाई २१४ रनको लक्ष्य दिएको थियो । अन्तिम समयसम्म खलेको पञ्जाबले ८ विकेटको क्षतिमा १९८ रन मात्रै जोड्न सक्यो ।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले ९४ रन बनाए। दिल्लीका लागि एनरिक नोकियाले २ विकेट लिएका थिए । हारपछि पञ्जाब किंग्सका लागि प्लेअफको ढोका लगभग बन्द भएको छ । पञ्जाबको खातामा १२ अंक छ र अब उसले थप एक खेल खेल्नु पर्नेछ । यसअघि नै प्लेअफको दौडबाट बाहिरिएको दिल्ली १० अंकसहित नवौं स्थानमा पुगेको छ ।

पञ्जाबलेलाई अन्तिम ५ ओभरमा ८६ रनको खाँचो थियो । अथर्व तायडे ५५ रन बनाएर आउट भए। उनको स्थानमा आएका जितेश शर्माले ब्याटिङबाट केही गर्न सकेनन् । जितेशले तीन बल खेले र खाता नखोल्दै आउट भए । चौथो विकेट खस्दा पञ्जाबको स्कोर १२९ रन थियो । जितका लागि २६ बलमा ८५ रन आवश्यक थियो । क्रिजमा आउनेबित्तिकै शाहरुख खानले छक्का प्रहार गरे ।

पञ्जाबले अन्तिम चार ओभरमा ७९ रन बनाउनु परेको थियो । लियाम लिभिङस्टोनले १७ औँ ओभरको पहिलो बलमा चौका प्रहार गर्दै अर्धशतक पूरा गरे। उनले ५० रन बनाउन ३० बल खेले । खलील अहमदको नो बल थियो । लिभिङस्टोनले अर्को बलमा छक्का प्रहार गरे ।

दिल्लीका तर्फबाट पृथ्वी शा र कप्तान डेविड वार्नरले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे । वार्नरले ३१ बलमा ४६ रन बनाए भने शाले ३८ बलमा ५४ रन जोडे । त्यसपछि रिली रोसो तथा फिल साल्टका बीच ६५ रनको साझेदारी भयो । साल्टले १४ बलमा २६ रन बनाए भने रोसोले ३७ बलमा ८२ रन बनाए । आईपीएल २०२३ मा आज राति ७ः४५ बजे सनराइजर्स हैदराबाद तथा रोयल च्यालेञ्जर्स बेंग्लोरबीच खेल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७