चार पदाधिकारीसहित माओवादी केन्द्रका २० नेता चीन भ्रमणमा


५ जेष्ठ २०८०, शुक्रबार
agni toli efRlXRd2Lu

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाको नेतृत्वमा चार पदाधिकारीसहितको टोली चीन भ्रमणमा गएका छन् । १० दिने भ्रमणका लागि पदाधिकारीहरू शुक्रबार उत्तरी छिमेकी चीन प्रस्थान गरेका हुन् ।

पूर्व सभामुख समेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा नेतृत्वको २० सदस्यीय टोली चीनको छिन्दू प्रान्तको भ्रमणमा निस्किएका हुन् ।

भ्रमण टोलीमा अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनाली समेत छन् । भ्रमण टोलीमा माओवादी केन्द्रका सचिव हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य, प्रदेश अध्यक्षसहित केन्द्रीय नेताहरू रहेको क्रान्तिकारी अध्यक्ष मैनालीले जानकारी दिए । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७