कीर्तिपुर र मुलपानीमा दुई वर्षभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाइने


५ जेष्ठ २०८०, शुक्रबार
rain

काठमाडौं । सरकारले काठमाडौंको कीर्तिपुर र मुलपानी रंगशाला दुई वर्षभित्र अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा गरेको छ ।
आज (शुक्रबार) आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दे राष्ट्रपति रामचन्द्र पौडेलले दुई वर्ष भित्र स्तरोन्नती गरी प्रतियोगिता सञ्चालन योग्य बनाउने घोषणा गरेका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको निति तथा कार्यक्रममार्फत हरेक विद्यालमा खेल शिक्षकको व्यवस्था गरिने, वार्षिक खेलकुद क्यालेन्डर निमार्ण गरी कार्यक्रम गर्ने, एक वडा एक खेल मैदान एक पालिका एक कभर्डहल निमार्ण गरिने उल्लेख गरेका छन् ।

यस्तै, अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पदक जित्ने खेलाडीलाई पुरस्कृत गरिने, खेलकुद पुर्वाधारको दिगो व्यवथापनका लागि स्थानिय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिनेछ । यस्तै खेलकुद पर्यटनको विकास र विस्तारका हुने किसिमका खेलकुद पुर्वाधारहरू विकास गर्न निजि साझेदारीमा निमार्ण गर्न साझेदारी गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७