कोलकातालाई हराउँदै लखनउ आईपीएल क्रिकेटको प्लेअफमा


७ जेष्ठ २०८०, आईतवार
lucknow MnvtHon641

काठमाडौँ । कोलकाता नाइट राइडर्सलाई एक रनले पराजित गर्दै लखनउ सुपर जायन्ट्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।

गए राति इडेन गार्डेनमा भएको रोमाञ्चक खेलमा कोलकाता एक रनले पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको लखनउले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो । उसका रिंकु सिँहले अविजित ६७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । जेसन रोयले ४५ रन जोडे ।

लखनउका रवि बिश्नोई र यश ठाकुरले २÷२ विकेट लिए । त्यसअघि लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७६ रन बनाएको थियो । उसका निकोलस पूरनले ५८ रन बनाए । कोलकाताका शार्दुल ठाकुर, सुनिल नारायण र वैभव अरोराले समान २–२ विकेट लिए ।

जितसँगै लखनउ १४ खेलमा १७ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ । प्लेअफबाट बाहिरिएको कोलकाताको १४ खेलमा १२ अंकका साथ तालिकाको सातौँ स्थानमा छ ।

हिजो भएको पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ७७ रनले हराउँदै चेन्नई सुपर किंग्स प्ले अफमा पुग्यो । १४ खेलमा १७ अंक रहेको चेन्नई तालिकाको दोस्रो स्थानमा र १३ खेलमा १८ अंक रहेको गुजरात टाइटन्स शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७