गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार गरिने : मन्त्री जोशी


८ जेष्ठ २०८०, सोमबार
garva
सांकेतिक तस्वीर

मनहरी । बागमती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याउने बताएका छन् ।

मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिए । उनले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालय भन्दा फरक र जनतासँग सिधैँ चासो राख्ने विषय भएकाले यस तर्फ विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिए ।

मन्त्री जोशीले सीमित स्रोतसाधनको अत्यधिक उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका समेट्नुपर्ने महत्वपूर्ण कार्यक्रमसम्बन्धी सल्लाह र सुझाव दिन कर्मचारीलाई आग्रह समेत गरे । स्वास्थ्यमन्त्री जोशीलाई मन्त्रालयका सचिव बद्रीबहादुर खड्का तथा विभिन्न शाखाका कर्मचारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७