गुजरातलाई हराउँदै चेन्नई आईपीएल क्रिकेटको फाइनलमा


१० जेष्ठ २०८०, बुधबार
csk 1 1536x1024 1

काठमाडौं । चेन्नई सुपर किंग्स जारी इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को फाइनलमा प्रवेश गरेको छ । गए राति एमए चिदम्बरम रंगशालामा भएको पहिलो क्वालिफायर खेलमा चेन्नईले गुजरात टाइटन्सलाई १५ रनले पराजित गर्दै आईपीएलको फाइनलमा पुगेको हो ।

चेन्नईले दिएको १७३ रनको लक्ष्य पछाएको गुजरात निर्धारित २० ओभरमा अलआउट हुँदै १५७ रन बनाएको थियो । गुजरातका लागि शुभमन गिलले ४२, राशिद खानले ३०, दासुन शानकाले १७, विजय शंकरले १४, रिद्धिमान शाहले १२ रन बनाएका थिए ।

त्यस्तै चेन्नईका बलर दिपक चहर, महेश थिकक्षना, रविन्द्र जडेजा र मथिशा पाथीरानाले २–२ विकेट लिएका थिए भने तुषार देश पाण्डेले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ६० रन, डेभोन कन्वेले ४० रन, रविन्द्र जडेजाले २२, अजिंक्या रहाणे र अम्बाती रायुडूले १७–१७ रन बनाए ।

यता गुजरातका मोहित शर्मा र मोहम्मद सामीले समान २–२ तथा नूर अहमद,दर्शन नालकंडे र राशिद खानले समान १-१ विकेट लिए । जितँगै चेन्नई १०औँपटक आईपीएलको फाइनलममा पुगेको छ ।

यसैगरी, पराजित भएको गुजरातले भने दोस्रो क्वालिफायरमा खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा गुजरातले इलिमिनेतरमा लखनउ सुपरजाइन्ट र मुम्बई इण्डियन्सबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । लखनउ र मुम्बईबीचको खेल आज हुँदैछ भने दोस्रो क्वालिफायर खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७