पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीमाथि प्रतिबन्ध लाग्न सक्ने


१० जेष्ठ २०८०, बुधबार
imran khan

इस्लामावाद । पाकिस्तानको रक्षा मन्त्रालयले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) माथि प्रतिबन्ध लाग्न सक्ने बताएको छ ।

यही महिना खान पक्राउ परेपछि पीटीआईले देशव्यापी प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा सेनाका ब्यारेकसहित संवेदनशील क्षेत्रमा आक्रमण भएको भन्दै रक्षा मन्त्रालयले त्यसको छानबिन भइरहेको र पार्टीमाथि नै प्रतिबन्ध लाग्न सक्ने जनाएको बीबीसी हिन्दीले जनाएको छ । देशव्यापी प्रदर्शन तथा आक्रमणको बारेमा पूर्व प्रधानमन्त्री खानले स्वतन्त्र छानबिनको माग गरेका थिए ।

देशव्यापी प्रदर्शनपछि पीटीआईका कैयौँ नेताहरूले पार्टी छाडेको घोषणा गरेका थिए । पाकिस्तानको एउटा अदालतले कम्तीमा यो महिनाभर पूर्व प्रधानमन्त्री खानलाई पक्राउ गर्न रोक लगाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७