थप पाँच जनामा कोरोना, सक्रिय संक्रमित ३५


१३ जेष्ठ २०८०, शनिबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरबाट ४१२ नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४१२ नमूना परीक्षण गर्दा ५ को रिपोर्ट पोजिटिभ आएको हो । यो अवधिमा ४ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७