दलहरूको एकता र समझादारीले मात्र संविधानको रक्षा : प्रदेश प्रमुख शेरचन


१५ जेष्ठ २०८०, सोमबार
amik serchan

दाङ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले अग्रगामी विचार राख्ने दलहरूबीचको बलियो एकता र सहकार्यले मात्र समाजवादको सपना पूरा हुने बताएका छन् । उनले गणतन्त्रको मुख्य उद्देश्य र लक्ष्य पनि समाजवाद रहेकाले लक्ष्य हासिल गराउनेतर्फ लाग्न सबैमा अनुरोध गरेका छन् ।

१६ औं गणतन्त्र दिवसका अवसरमा आज यहाँ जारी गरेकाे शुभकामना सन्देशमा प्रदेश प्रमुख शेरचनले समुन्नत राष्ट्र निर्माण र जनताको समृद्धि प्राप्त गर्न १९ दिने महान् जनसङ्घर्षमा सहभागी दलहरूको एकता एवं समझादारीले मात्र संविधानको रक्षा र संविधानलाई अपनत्व नलिने तत्वहरूका विरुद्ध बलियो स्तम्भ बन्न सक्ने बताएका छन् । ‘त्यसले मात्र राष्ट्रिय औद्योगिक विकासलाई विस्तार गर्दै आत्मनिर्भर अर्थतन्त्रमा फड्को मार्न सकिने छ’, उनले भनेका छन्, ‘समाजवादी व्यवस्था स्थापनाका लागि मार्गप्रशस्त हुने छ, सहिदहरूको बलिदान सार्थक हुने छ ।’

नेपाली जनताले प्राप्त गरेको यो सीमित गणतन्त्र दिवसले वंश परम्परामा आधारित निरङ्कुश सामन्ती राजतन्त्रात्मक शासनलाई अन्त्य गरेको दिन भएकाले यो आफैमा दीर्घ ऐतिहासिक रहेको बताएका छन् । ‘आजैका दिन म के स्पष्ट गराउन चाहन्छु भने प्रतिगमनविरुद्धको सङ्घर्षका बेला तत्कालीन राजतन्त्रसँग सझौता गरेको भन्ने हल्ला विल्कुलै कपोलकल्पित र निराधार हुन्’, सन्देशमा भनेका छन् , ‘प्रतिगमनविरुद्ध सङ्घर्षरत तत्कालीन सात दलका नेताहरूले हस्ताक्षर गरेको सझौतापत्र सार्वजनिक गर्न ती तत्वहरूलाई चुनौती दिन चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७