बजेटले संकेत दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन : अध्यक्ष ओली


१५ जेष्ठ २०८०, सोमबार
KP Sharma Oli

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०/८१ बजेटका बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले बजेटले वर्तमान सङ्कटलाई धान्न नसक्ने बताएका हुन् ।

अर्थमन्त्री महतको बजेट भाषणपछि संघीय संसद् भवन नयाँ बानेश्वरमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘बजेटले संकेत दर्शाउँछ तर संकटको समाधान केही पनि दिँदैन ।’

यसैगरी एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकका समस्या चिन्न र समाधान दिन नसकेको प्रतिक्रिया दिएका छन् ।

नयाँबानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले चलनचल्तीका कार्यक्रमहरूको घोषणाबाहेक अररू केही हुन नसकेको बताए । ‘बजेटले मुलुकका समस्यालाई चिन्न सकेन । समाधान दिन सकेन । चलन चल्तीका कार्यक्रमको घोषणाबाहेक अरू केही हुन सकेन,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटले आमजनतामा आशा उत्साह दिन सकेन ।’

उनले संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई समाधान दिन बजेट असफल भएको बताए । ‘अर्थतन्त्र जुन संकटको अवस्थामा छ, बन्दीमा छ यो सच्याइलाई बुझेर जुट हाइटबाट समाधान दिनुपर्थ्यो, त्यो दिन सकेन,’ सांसद पौडेलले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७