सांसद विकास कोष हाम्रो योजना होइन, वाध्यता : प्रधानमन्त्री

सरकार ढले पनि भ्रष्टाचारका फाइलहरू खोल्ने दाबी


१६ जेष्ठ २०८०, मंगलवार
PRO KTM 066A3049 1 scaled

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाध्य भएर सांसद विकास कोष व्यूँताउनु परेको बताएका छन् ।
आज (मंगलबार) सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रीय संसदीय दलको बैठकमा सम्बोधन गर्दै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले सांसद विकास कोषका लागि बजेटमै व्यवस्था गरेर रकम विनियोजन गर्नु आफ्नो योजना नभई बाध्यता भएको बताएका हुन् ।

सत्ता साझेदार दलसहित सबैतिरबाट कोष व्यूँताउनु पर्छ भनेर थेग्नै नसकिने गरी दबाब आएकाले यो व्यवस्था बजेटमा समेटिएको प्रचण्डको भनाइ छ । उनले हरेक निर्वाचन क्षेत्रमा सांसदले परिचालन गर्न पाउने कोषको बजेटलाई कार्यविधि बनाएर व्यवस्थित गरिने पनि उल्लेख गरे ।

प्रचण्डले यो सरकार भ्रष्टाचारविरुद्ध निर्मम भएर उभिने उल्लेख गर्दै बरु सरकार ढले पनि यस पटक कुनै हालतमा भ्रष्टाचारका फाइल खोल्ने दाबी गरे । यस्तै भोलि बुधवारदेखि सुरु हुने भारत भ्रमणमा नेपालको हितमा मात्रै सम्झौता हुने र विवाद र आलोचनाबाट मुक्त हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७