नागरिकता विधेयक प्रमाणीकरण संसदीय मान्यता र राष्ट्रहितविपरीत : रवि लामिछाने


१७ जेष्ठ २०८०, बुधबार
RabiLamichhane1 20230121180544
फाइल फोटो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरण भएकोमा असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमा बुधबार स्ट्याटस लेख्दै उनले संसदमा छलफल नै नगराई सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु लोकतान्त्रिक संसदीय मूल्य मान्यताविपरित भएको बताएका छन् ।

‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नै नगराई यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरित, संसदीय मूल्य र मान्यता र राष्ट्रहित विपरित छ’ उनले लेखेका छन् ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा थन्क्याएर राखेको नागरिकता विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७