महिला टी–२० क्रिकेट श्रृंखला : नेपालले आज मलेसियासँग निर्णायक खेल खेल्दै


२१ जेष्ठ २०८०, आईतवार
nepal women cricket QJoosM9nJz

काठमाडौँ । महिला टी–२० क्रिकेट श्रृङ्खलाको पाँचौँ तथा निर्णायक खेलमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ । श्रृङ्खला २–२ को बराबरीमा छ ।

आजको खेल जित्ने टोलीले श्रृङ्खला जित्ने छ । खेल बिहान पौने ९ बजे बाङ्गीमा सुरु हुनेछ । हिजो भएको चौथो खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको थियो ।

त्यस्तै, पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो भने दोस्रो र तेस्रो खेल जितेको थियो । नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७