कोरोना भाइरसको संक्रमण शून्यमा झर्‍यो


२२ जेष्ठ २०८०, सोमबार
korona 1

काठमाडौँ । कोरोना भाइरसको संक्रमण शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा आज सात सय ६० जनामा गरिएको परीक्षणमा संक्रमित संख्या शून्य रहेको छ ।

अहिलेसम्म सक्रिय संक्रमित १७ रहेका छन् । कोही पनि संक्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी मुलुक भारतमा पनि संक्रमण कम भएपछि नेपालमा संक्रमण कम हुँदै गएको हो ।

गत चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखिएपछि नेपालमा संक्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको संक्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गत वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपतकाल नरहेको घोषणा गरेको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७