रक्सीको सुरमा आफ्नै घरमा आगो लगाएपछि …


२२ जेष्ठ २०८०, सोमबार
fire

धनगढी । जाँड–रक्सीको नशा लागेकाले आफ्नै घरमा कतिसम्मको क्षति पुर्‍याउँछन् भन्ने कुरा धनगढीमा भएको एक घटनाले चरितार्थ गरेको छ ।

मादक पदार्थ खाएर नशामा रहेका धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार घरको बीच कोठामा निज विष्टले रातिको समयमा लगाएको आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीयको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो । आफ्नै घरमा आगो लगाउने वीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७