निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै


२५ जेष्ठ २०८०, बिहीबार
nirbachan aayog

काठमाडौँ । निर्वाचन आयोगले छलफलका लागि राजनीतिक दलहरूलाई बोलाएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई भोलि (शुक्रबार) बिहान साढे ११ बजेका लागि बोलाइएको आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘विभिन्न पाँच विषयमा छलफलका लागि बोलाएका हौं’, प्रवक्ता शर्माले भने । उनका अनुसार जिल्ला निर्वाचन कार्यालय खारेज, आयोगले तर्जुमा गरेको निर्वाचन कानुन विधेयक, मदतदाता नामावली संकलन, विदेशमा रहेका नेपाली नागरिकलाई आगामी साउनदेखि मतदाता नामावलीमा समेट्ने र राजनीतिक दलहरूको लेखापरीक्षण सम्बन्धमा छलफल हुनेछ ।

यही जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेट भाषणमा सबै निर्वाचन कार्यालय खारेज गरिने उल्लेख गरिएको छ । त्यसप्रति असहमति जनाउँदै निर्वाचन आयोगले प्रेस विज्ञप्तिमार्फत उक्त निर्णयले संवैधानिक निकायको स्वतन्त्रता, स्वायत्तता र समक्षतामा गम्भीर प्रश्न उठ्न सक्ने भनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७