साफ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा


२५ जेष्ठ २०८०, बिहीबार
Nepali Football1679488624

काठमाडौं । भारतमा हुने साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । नेपाली टोलीको मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले बिहीबार प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

जुन २१ देखि जुलाई ४ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा नेपालसँगै घरेलु टिम भारत, पाकिस्तान र कुवेत छन् । आठ टिमको सहभागिता रहने प्रतियोगिताको समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले जुन २१ मा कुवेतविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । जुन २४ मा नेपालले भारतसँग र जुन २७ मा समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा यसपटक कुवेत र लेबनान आमन्त्रित टिमको रुपमा सहभागी हुनेछन् । नेपालले च्याम्पियनसिपअघि तयारी स्वरुप फिलिपिन्सविरुद्ध एक मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । नेपाल र फिलिपिन्सबीचको खेल जुन १५ मा हुनेछ ।
यस्तो छ नेपाली टोली
गोलकिपर – किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ ।

रक्षक – विमल पाण्डे, सनिस श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, रोहित चन्द, सिमान्त थापा ।

मिडफिल्डर – पुजन उपरकोटी, एरिक बिष्ट, नविन लामा, मणिकुमार लामा, लाकेन लिम्बु, आभास लामिछाने ।

फरवार्ड – आयुश घलान, नवयुग श्रेष्ठ, दीपकराज सिंह ठकुरी, अञ्जन बिष्ट, मनिष डांगी, आशिष चौधरी, विमल घर्तीमगर ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७