म्यानचेस्टर सिटीले पहिलो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

एकै सिजनमा तीन उपाधि जित्ने कीर्तिमान


२८ जेष्ठ २०८०, आईतवार
5 I3r4F9D1lu

काठमाडौँ । इङलिस क्लव म्यानचेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । आइतवार बिहान इस्तानबुलको ओलम्पिक रङ्गशालामा भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई १–० गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।

सिटीका लागि खेलको ६८औँ मिनेटमा रोड्रीले गरेको गोल नै निर्णायक बन्यो । योसँगै सिटीले एकै सिजनमा मुख्य तीन वटा प्रतियोगिता जितेर ह्याट्रिक गर्ने दुलर्भ इतिहास पनि बनाएको छ । सिटीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि जितिसकेको छ ।

सिटीले च्याम्पियन्स लिग जितेमा एकै सिजन तीन वटा उपाधि जित्ने म्यानचेस्टर युनाइटेडको उपलब्धिलाई बराबरी गरेको छ । युनाइटेडले सन् १९९९ मा यो इतिहास बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७