प्रबन्ध निर्देशक विना नै टेलिकमको बोर्ड बैठकः कामिनीको विकल्प खोजिंदै


२४ बैशाख २०७५, सोमबार
kamini.jpeg

काठमाडौं, २४ बैशाख । नेपाल टेलिभिजनका अध्यक्ष महेश दाहालको राजीनामापछि नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको विकल्प खोजी हुन थालेको छ । कामिनी बाहेककै टेलिकम संचालक समितिको बैठक यही हप्ता संचार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको थियो । जुन बैठकमा राजभण्डारीलाई बोलाइएको थिएन । राजभण्डारीविना बसेको बोर्ड बैठकले राजभण्डारीको कार्यसम्पादन क्षमता कमजोर भएकाले टेलिकमले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकालेको छ । र, उनको विकल्प खोज्नुपर्ने सुझाव दिएको छ ।

kamini.jpeg
संचार मन्त्रालयको उच्चस्रोतका अनुसार टेलिकम संचालक समितिका अध्यक्ष संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको बैठकले कार्यक्षमता कमजोर भएका प्रबन्ध निर्देशक राजभण्डारीका कारण संस्थाको प्रगति हुन नसकेको निष्कर्ष निकाल्दै मन्त्रालयले ठोस निर्णय लिनुपर्ने सुझाव दिएको छ । प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले टेलिकमलाई समायानूकुल अगाडि लैजान कर्मचारीहरुको परिचालन गर्न नसकेको निष्कर्ष पनि बोर्ड बैठकले निकालेको थियो ।

एनसेल भन्दा १ बर्षअघि फोरजीको अनुमति पाए पनि अहिलेसम्म काठमाडौं र पोखराबाहेक अन्यत्र सेवा विस्तार गर्न नसकेको आरोप पनि कामिनीमाथि लाग्दैआएको छ । एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ । तर नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको टेण्डर नै टुंगो लगाउन सकेकी छैनन् । काठमाडौं र पोखराको फोरजी सेवाको गुणस्तरबारे पनि पटक पटक गुनासो आउने गरेको छ । थ्री जी सेवाको जति गुणस्तर पनि नभएको महसुस सेवाग्राहीले गर्दैआएका छन् ।
कामिनी प्रबन्ध निर्देशक भएपछि टेलिकमको प्रगति सन्तोषजनक नभएको बुँदा बुँदा उल्लेख गरी बोर्डले सचार राज्यमन्त्री गोकुल बास्कोटालाई सोमबारै जानकारी दिन लागेको थियो । तर संचार मन्त्रालयले सोमबार राष्ट्रपति कार्यालयमा पत्रकारहरुलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गर्न लागेकाले राज्यमन्त्री गोकुल बाँस्कोटा ब्यस्त भएका कारण संभव हुन नसकेको समाचार छ । बोर्डको निष्कर्षसहित संचार मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गर्नेछन् । र, कामिनीलाई पदमुक्त गर्ने प्रक्रिया अगाडि बढ्ने मन्त्रालय स्रोतले बताएको छ ।
एकातिर कामिनी विरुद्ध संचार मन्त्रालयमा बोर्ड बैठक बसेर उनको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ भने अर्कोतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनका विरुद्ध परेको ठोस उजुरीउपर पनि छानबिन सुरु गरिरहेको छ । उनको कार्यसम्पादन क्षमता कमजोर भएको बोर्डको निष्कर्षपछि अख्तियार पनि उनका विरुद्ध परेका उजुरी गम्भीर ढगले छानबिनमा लागेको छ ।

यो पनि पढ्नुहोस्

प्रबन्ध निर्देशक कामिनीमाथि एक्सन लिने तयारी
नेपाल टेलिकमको 4G सेवाको ठेक्कामा २० अर्ब भन्दा बढी घोटाला

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७