साम्बाले युरोपियन क्लबमा खेल्ने


३० जेष्ठ २०८०, मंगलवार
Sabitra Bhandari 72dOaBBjMR

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले युरोपेली क्लबबाट खेल्ने भएकी छन् । नेपाली टिमकी फरवार्ड सावित्रा इजरायलको क्लब हापोएल रानानाबाट त्यहाँको लिग खेल्नका लागि अनुबन्ध भएकी हुन् ।

एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघको सदस्य हो । नेपाल मात्र नभएर दक्षिण एसियाकै उत्कृष्ट स्ट्राइकरमा पर्ने सावित्राले लामो समयदेखि युरोपमा खेल्ने सपना राखेकी बोकेकी थिइन् । उनको त्यो सपना पुरा हुने भएको छ ।

‘यो मेरो र नेपाली महिला फुटबलकै लागि खुशीको कुरा हो । एकदमै खुशी लागेको छ’, सावित्राले सुनाइन्, ‘पहिलेदेखि नै एउटा सपना थियो । अहिले त्यो सपनाको बाटोमा छु । पाइला चालिरहेको छु । सपना पूरा हुन बाँकी छ ।’ यसले नेपाली महिला फुटबलको चर्चा युरोपसम्म पुग्ने उनले बताइन् ।

घरेलु फुटबलमा विभागीय टोली एपीएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा दुई फरक क्लबबाट खेल्दै तीन उपाधि जितिसकेकी छन् । केही समयअघि समाप्त भारतीय महिला लिगमा उनले गोकुलम केरलाबाट खेल्दै उपाधि जितेकी थिइन् । जहाँ उनी २९ गोल गर्दै सर्वपाधिक गोलकर्ताको अवार्ड जित्न सफल भइन् । यसअघि उनले सेथु एफसी र गोकुलम केरलाबाटै लिग उपाधि जितेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७